पोथी किन बास्छ ?

📺️भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

नेपालमा पोथी बास्नुलाई अशुभ मानिन्छ । पोथी बास्ने बित्तिकै काटेर घरको धुरी कटाउनुपर्छ भन्ने धारणा ग्रामीण भेगमा अझै पनि रहेको छ । तर पोथी बास्नुको पछाडि निकै चाखलाग्दो अर्कै बैज्ञानिक कारण रहेको छ, जुन हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ ।

अरु जनावरहरुको जस्तै पोथी कुखुरामा पनि दुईवटा डिम्बाशय रहेका हुन्छन् । तर पोथी कुखुराको हकमा भने बायाँ डिम्बाशय मात्र सक्रिय रहेको हुन्छ भने दायाँ डिम्बाशय चल्ला अवस्थाबाट नै लगभग निस्क्रिय रहेको हुन्छ ।

कुनै कारण वा रोगको कारणले गर्दा बायाँ डिम्बाशयमा क्षति पुगेमा निस्क्रिय अवस्थामा रहेको दायाँ डिम्बाशय सक्रिय हुन थाल्छ र पोथी कुखुराको शरीरमा पुरुष हर्मोन उत्पादन हुन थाल्दछ ।

यस हर्मोनको प्रभावले गर्दा पोथी कुखुरा पनि बास्न थाल्छ र भाले कुखुराको जस्तै व्यवहार देखाउन थाल्छ । पोथी बासेको भिडियो एकै छिन हेरौं है त ।

त्यति मात्र नभई उक्त पोथी कुखुरामा भाले कुखुरामा जस्तै शारीरिक परिवर्तन देखिन थाल्छ । समग्रमा भन्नुपर्दा उक्त पोथी कुखुरा अब बिस्तारै भाले कुखुरामा परिणत हुन थाल्दछ, जुन कुरा सुन्दा हामी सबैलाई अचम्म लाग्छ ।

अर्को रोचक कुरा, यसरी बास्न थालेको पोथी कुखुराको फूल पार्ने प्रक्रिया पनि सदाको लागि बन्द हुन पुग्दछ ।

Comments

Popular Posts