Few Facts About Gautam Buddha (In Nepali)

☯︎गौतम बुद्ध जन्मेको केही दिनमा नै उनको आमा 'मायादेवी'को मृत्यु भएको थियो । त्यसपछि उनलाई हुर्काउने बढाउने काम उनकी सौतेनी आमा 'महापजापती गोतामी'ले गरिन् । गोतामी मायादेवीको सहोदर बैनी थिईन् ।

☯︎गौतम बुद्धको कपाल हेर्दा लट्टा परे जस्तो देखिए पनि त्यो लट्टा थिएन । वास्तवमा त्यी १०८ शंखेकीराहरू थिए जो प्रचण्ड घाममा पनि ध्यान गरेर बस्ने गौतम बुद्धको टाउकोको सुरक्षाको लागि बसिदिएका थिए ।

☯︎गौतम बुद्ध एक चोटी आफ्नो बुबा 'राजा सुद्दोधन'ले पठाएको दूतको आग्रहमा कपिलवस्तु फर्किएका थिए । तर उनी दरबार भित्र भने पसेनन् । भनिन्छ, राजा शुद्दोधनले दरबार छोडेर हिँडेको आफ्नो छोराको खोजीमा १०,००० दूतहरु पठाएका थिए ।

⌫गौतम बुद्धले प्रवचन दिँदा आफूलाई "तथागत" भनेर सम्बोधन गर्थे । "तथागत" को अर्थ हुन्छ - जन्म र मृत्युको चक्रबाट मुक्ति पाएको व्यक्ति ।

⌫गौतम बुद्ध "पाली" भाषा बोल्थे । पाली र संस्कृत मिल्ने भाषा थिए ।

⌫आफ्नो बुवा सुद्दोधनको मृत्यु हुँदा गौतम बुद्ध दोस्रो पटक कपिलवस्तु फर्किएका थिए ।

⌫गौतम बुद्धको छोरा 'राहुल' र श्रीमती 'यशोधरा' कालान्तरमा क्रमशः भिक्षु र भिक्षुणी बनेका थिए । त्यसैले गौतम बुद्धको वंशज छोरा 'राहुल' को पालाबाट नै समाप्त भएको थियो ।

☼︎बुद्धत्व प्राप्त गरिसकेपछि गौतम बुद्धको शिर वरिपरी Aura उत्पन्न भएको थियो, जसलाई हामीले तस्विरमा हेर्दा पहेंलो सूर्यको घेराको रुपमा देख्छौं ।

♔︎गौतम बुद्धको मृत्यलाई "महापरिनिर्वाण" भनिन्छ, जसको अर्थ हुन्छ - मृत्युपछि प्राप्त गरिने निर्वाण वा मोक्ष ।

Comments

Popular Posts