के हो कुटीनी बुढी? | Kutini Budhi

के हो कुटीनी बुढी?
--------------------------

यदि तपाई गाँउमा जन्मिनु भएको सानोमा "कुटीनी बुढी ! ढोका खोल्, खोल्" भन्दै यो किरासँग खेल्नु भएको छ । वा नखेले पनि पक्कै देख्नुभएको छ ।

हजुर, आज म यही कुटिनी बुढीसँग सम्बन्धित केही रोचक कुराहरु चर्चा गर्न गईरहेको छु ।

कुटुनी बुढी वास्तवमा गाईने किरा जस्तै किरा हो जसलाई अंग्रेजीमा Antlion भनिन्छ । यो गाईने किरा जस्तो किरा साँझपख वा रातीमा बढी सक्रिय हुने हुनाले हामी मध्ये धेरैले यसलाई नदेखेको हुन सक्छौँ ।

हामीले "कुटीनी बुढी" भन्दै सानोमा खेलेको किरा चाहिँ यसको Larva Stage को बेलाको हो । कुटीनी बुढीको जीवन चक्र पनि पुतलीको जस्तै वयस्क अवस्था, अन्डा, लार्भा र प्युपा अवस्थाबाट गूज्रिरहेको हुन्छ ।

संसारभर कुटीनी बुढीको २००० प्रजातिहरु पाईन्छन् ।

किन बनाउछ सोली आकारको खाल्डो ?
------------------------------------------------------

कुटीनी बुढीले विशेष गरी बालुवामा र फूर्र परेको माटोमा सोली आकारको खाल्टो बनाएर बस्छ । वास्तवमा यो सोलीआकारको खाल्टो एक  किसिमको जाल वा एम्बुस हो । कुटीनी बुढीले यस्तो जालमा साना कमिला र अरु साना किराहरुलाई फसाएर आफ्नो आहारा बनाउने गर्छ । विशेष गरी कमिलाहरुलाई आफ्नो आहारा बनाउने आक्रमक शिकारी किरा भएकोले हुनाले कुटीनी बुढीलाई अंग्रेजीमा Ant Lion भनिएको हुनुपर्छ ।

कसरी गर्छ शिकार ?
----------------------------

कुटीनी बुढीले गोलाकार तरिकाले घुम्दै माटो वा बालुवामा सोली आकारको खाल्टो खन्ने गर्छ । खाल्टो खनेर सकेपछि कुटिनी बुढी खाल्टोको पिँधमा आफ्नो दुई वटा चुच्चोमात्र बाहिर देखिने गरी लुकेर बस्छ । यसरी खनिएको खाल्टोको Angle यस्तो हुन्छ कि, यो खाल्टोको नजिकैबाट हिँड्ने कमिला वा साना किराहरु चिप्लिएर सजिलै खाल्टोको पिँधमा पुग्छन् ।

कुटिनी बुढीले जमिनमा आउने सानो भन्दा पनि सानो कम्पन वा हलचललाई पनि Detect गर्न सक्छ । आफ्नो खाल्टोमा खसेको कमिला वा किरालाई यसले आफ्नो चुच्चोले समातेर चुस्न थाल्दछ । यसरी कमिला वा किराको शरीरबाट द्रव्य चुसेर सकिसकेपछि यसले बाँकी रहेको खोक्रो शरीरलाई बाहिर फ्याँकिदिन्छ ।

Comments

Popular Posts