Loadshedding Effect

झ्यालको छेवैमा आएर जुनकिरीले जिस्काई- "हेर! तिम्रो चार्ज गरेको टर्च भन्दा त मेरो पुच्छर नै चहकिलो बलिरहेको छ।" हो रहेछ त, दिउँसोभरि चार्ज गरेको सस्तो चाईनिज लाईटको चार्ज नै सकिएछ। 

झ्यालबाट नियालेर बाहिर हेरेँ। हामी गरिबका छाप्रा वरिपरि जुनकिरीको धिपधिपे उज्यालोमा अँध्यारो सन्नाटा छाईरहेको छ। आँखा च्यातेर अलि परको धनीहरुको महलतिर चियाँए। चारैतिर लोडसेडिङलाई व्यङ्ग्य गर्दै ईन्भर्टर चलिरहेका रहेछन्।

खुईयय गर्दै चिसो ओछ्यानमा लम्पसार पँरे। गरिब हुनुमा आँफैलाई धिक्काँरे र त्यो भन्दा बढी धिक्काँरे नेपाली हुनुमा।

Comments

Popular Posts