Muktak

भुकम्प पनि आउन थाल्यो यहाँ,
बाढीको त के कुरा गर्नु हजुर?
गर्मी पनि अति बढ्न थाल्यो यहाँ,
खाडीको त के कुरा गर्नु हजुर?
_____________________________

गाँउ-टोल थर्काउने बानी
छुटे छैन ।
थुप्रो भो हेर् भाइ ! मान्छे
कुटे छैन ।

_____________________________


ठाकठुक पऱ्यो बुढीसँग आज
चिर्पटले सेक्दिएँ ।
फेसबुक खोली I'm Single
.....भनेर लेख्दिएँ ।

_____________________________


कपाल मेरो ठडिएन किन
हार्ड जेल लाएपनि ।
चटाईदिन्छु अब त कपाल 
यौटा गाई पाएपनि ।

Comments

Popular Posts